• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाको प्रमुखमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । भरतपुर बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले कांगेसले गठबन्धन हुनेबारे निर्णय गरिसकेको र भोलि गठबन्धनको बैठक बस्ने जानकारी पनि दिए । विगत ४ बर्षमा गरेको काम र आउनसक्ने नतिजाबारे गहन अध्यययन गर्ने र त्यसकै आधारमा टिकट पाउने नपाउने सहमति हुने उनको भनाइ छ ।

    अध्यक्ष दाहालले माओबादीले गत निर्वाचनमा जितेका पालिकाहरुमा विकास राम्रो भएको र यसपटक माओवादीको भोट पनि बृद्धि हुने दावी गरे । नारायणी नदीको तटबन्धको शिलान्यास लगायतका कार्यक्रमका लागि दाहाल बुधबार दिनभर चितवनमा रहने छन् ।

4565