• प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको दोहो¥याएका छन् । शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औं बार्षिक साधारसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको कुरा गरेर आफुले केहि नविगारेको र पार्टीको हितका लागि नै काम गरेको दावी गरे । उनले अहिले पनि नेकपा एमाले बलियो नै रहेको र कांग्रेसले गठबन्धन नगरे एमाले र माओवादी मिल्ने सम्भावना रहेको आशंका गरे ।

    सभापति देउवाले बीपी र सुवर्णसमशेर कै पालादेखि नै पार्टी भित्र रहेको गुट अन्त्य हुन नसक्ने तर्क गरे । व्यापार घाटा आफ्नो कारणले नभएको भन्दै देउवाले एमसीसीका कारण व्यापार घाटा कम हुने दावी गरे ।चुनावी गठबन्धनको विरोध गर्दै आएका सभापति पदमा पराजित शेखर कोईरालाले आफ्नै विचार र सिद्धान्तका आधारमा कांग्रैस निर्वाचनमा जानुपर्ने धारणा राखे ।कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

4565