-
फिनल्यान्ड फेरि एकपटक विश्वकै सबैभन्दा खुसी देश घोषित भएको छ । ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषणा गरेको हो । फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो ।
प्रतिव्यक्ति आम्दानी, सामाजिक अवस्था, स्वस्थ औसत आयु, जीवन छनोट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार लगायतका विषय समेटेर खुसी देशको सूचि तयार गरिएको हो । १ सय ५० देशहरुको अध्ययन गरेर निकालिएको सूचिमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन । त्यस्तै स्वीट्जरल्यान्ड चौथो, नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा परेका छन ।
स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा परेको छ । युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ र युक्रेन एक सय आठ औँ स्थानमा छ । दक्षिण एसियामा नेपाल पहिलो नम्बरमा रहेको छ । नेपाल भने सूचीको ८५ औँ स्थानमा रहेको छ । चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२ औँ नम्बरमा छ । बंगलादेश ९९ र श्रीलंका १ सय २६औँ र भारत १ सय ३६औँ स्थानमा रहेका छन । अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन ।
News Desk 0 response शनिबार, चैत्र ५, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३