• भोजपुरमा पछिल्लो समय किवी खेतीमा किसानको आर्कषण बढेको छ । एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसको खेती तर्फ आर्कषित भएका हुन् ।

    व्यवसायिक किवि खेती भोजपुरका किसानको रोजाईमा परेको हो । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरी सकेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेका हुन् । यसको खेतीबाट उनीहरुले राम्रो आम्दानी समेत लिने गरेका छन् । विषेश गरेर टेम्केमैयुङ गाउँपालिकाको वडा नम्बर ४ नागीको लुङ्गिन, वडा न. ५ को मझौले, पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिका लगायत ठाउँमा किसानले यसको व्यवसायिक खेती गरिरहेका छन् ।

    किसानले व्यवसायिक रुपमा खेती गरिरहेको भएपनि स्थानीय सरकार तथा सरोकारवाला पक्षले यसको विस्तारमा ध्यान दिनु पर्ने किसानको माग छ । साथै उत्पादित विकीलाई बजारीकरणमा समेत ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।
    टेम्केमैयुङ गाउँपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम मार्फत यसको खेती विस्तारमा सहयोग गरिरहेको बताएको छ । सम्पूर्ण किसानलाई व्यवसायिक तथा आधुनिक खेतीमा गाउँपालिकालाई कृषिमा नमूना बनाउने गाउँपालिकाले जनाएको छ । विभिन्न समयमा किसानहरुले अनुदान लिने लगायत अन्य आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको गाउँपालिकाको भनाइ छ ।

    व्यवसायिक खेतीमा लागेका कृषकलाई सरकारले विषेश कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ । यसर्थ भौगोलिक विविधतालाई ध्यानमा राखेर माटो अनुसारको खेती विस्तारमा ध्यान दिन आवश्यक देखिन्छ ।

4565