• मोरङ रंगेली नगरपालिका ५ आँपगाछीमा आगलागी हुदा एउटा घर जलेर नष्ट भएको छ । दिगम्बर मण्डलको घरमाको २ तले ५ कोठे घरमा आगलागी भएको हो । बिधुत सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगो लागी हुदा घर पुर्ण रुपमा जलेर क्षति भएको छ।

    घर धनिको अनुसार नगद पाँच लाख रुपैयाँ , १६ तोला सुन, ५० तोला चाँदी, अन्नपात, लत्ता कपडा, भाडावर्तन ३८ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी , रंगेली को दमकल, कानेपोखरीको दमल ,ससस्त्र प्रहरी र स्थानिय को सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

4565