• धार्मिक पर्यटनको प्रवल सम्भावना भएको खाँची दरबार ओझेलमा परेको छ । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ७ मा रहेको ऐतिहासिक खाँची दरबारको प्रवद्र्धनमा राज्यको चासो नपुग्दा ओझेलमा परेको हो ।

    यो हो, अर्घाखाँचीको खाँचीकोट दरबार, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको मावली गाउँ पनि हो । ऐतिहासिक खाँचीदरबारको जति महत्व छ, त्यत्ति यसको संरक्षण र सम्वद्र्धन नहुँदा ओझेलमा परेको छ। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ७ मा रहेको यो दरबार, प्राकृतिक रुपले मनोरम, ऐतिहासिक रुपले जीवन्त छ। तर, यसको प्रवद्र्धनात्मक काममा कसैले चासो नदिदा ओझेलमा परेको स्थानीयले बताएका छन् ।

    ।यहाँको दरवार पार्टी पौवा निर्माण छन् । पछिल्ला समय लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालयले नाला , सीढी र दरवारको मर्मतले अझै पूर्णता पाएको छैन । मर्मत सम्भार भएपनि पर्याप्त नभएको मात्रै होइन, पर्यटनमैत्री संरचना समेत छैनन् । अर्घाखाँचीको नरपानी क्षेत्रबाट नजिकै रहेको यो क्षेत्रको बिकास गर्न सके यश क्षेत्रको धार्मिक पर्यटन क्षेत्रको विकास गर्न सकिने सम्भावना रहेको स्थानीयहरु बताउँछन् ।

    सुपा देउराली मन्दिर, नरपानी पार्क ,वरिपरि विभिन् महत्वपुर्ण रमणीइय भूमि नागवेली पहाड प्राकृतिक सुन्दरताले पर्यटकलाई लोभ्याउने गर्दछ। यश क्षेत्रमा राम्रो पर्यटकिय सम्भावना भएर नै पर्यटन व्यवसायीहरु समेत लगानी गरिरहेका छन् । तर राज्य तहबाट यस क्षेत्रको पर्यटन पूर्वाधार र प्रवद्र्धन गर्न चासो दिएको पाइदैन, जसले गर्दा पर्यटकीय सम्भावना भएर पनि खाँची दरबार ओझेलमा परेको हो ।

4565