• गर्मीयाममा सर्पदशंका घटना बढ्ने गर्दछ । समयमै उपचार नपाएर धेरैको ज्यानसमेत जाने गरेको छ । सर्पदंशका विरामीको लागि सुनसरीमा नेपाली सेनाले उपचारको व्यवस्था गरेको छ । सुनसरीमा जनचेतना अभियान संचालन गरिएको छ ।

    गर्मी मौसम र वर्षायाममा सर्पदंशका घटना तराइ क्षेत्रमा बढी हुने गर्दछ । सर्पदंशका विरामीको उपचारका लागि पुर्व तयारी अवस्थामा सामुदायिक सर्पदंश उपचार केन्द्रले काम थालेको छ । सैनिक नागरिक सम्वन्ध अन्र्तगत नेपाली सेनाको २ नम्बर वाहिनीको प्राविधिक सहयोगमा सामुदायिक उपचार केन्द्रमा विगत पाँच वर्ष देखि सर्पदंशका विरामीको उपचार हुँदै आएको छ ।
    सर्पले टोकेका विरामीहरुलाई घरेलु उपचार गर्ने तथा झारफुक गराउने कार्यले पनि कतिपयको विरामीको मृत्यु हुने गरेको छ । यसैलाई ख्याल गरेर सर्पले टोकेका विरामीलाई सर्पदंश उपाचार केन्द्रमा लैजानु पर्ने विषयमा जनचेतना अभियान सञ्चालन गरिएको छ ।

    सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीमा उपचारका लागि आउने सर्पदंशका विरामी तथा विरामीमा आफन्तहरुले सेवा राम्रो पाएको वताउँछन् ।

    नेपाली सेनाको सहयोगमा २०६९साल देखि सामुदायिक स्तरमा सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रले हाल सम्म ११ हजार बढी सर्पदंशका विरामीहरुको उपचार गरिसकेको छ । सामुदायिक सर्पदंश केन्द्र इटहरीमा सुनसरी ,मोरगं ,उपयपुर लगायत पुर्वी नेपालका विभिन्न जिल्लाहरुबाट साथै छिमेकी मुलुक भारतबाट समेत सर्पदंशका विरामीहरु उपचारका लागि आउने गरेका छन् ।

4565