-
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार बिहान भएको आगलागीबाट सात घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नेपाल रेडक्रस ताप्लेजुङले राहत वितरण गरेको छ ।
आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । दुई घर नष्ट हुँदा सात घरका परिवार विस्थापित हुन पुगेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ ।
आग्नी पीडित परिवालाई चामल प्रतिपरिवार ३० केजी, दाल दुई केजी, नुन एक केजी, खाने तेल एक लिटर, साबुन, मसला साथै कपडा वितरण गरेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ ।
आगलागीमा परेर ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । यस्तै सोही आगलागीमा परी १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते भएकाछन् । उनको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । फुङ्लिङ बजारको कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट बिहान करिव ८ः३० बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलिसकेको छैन भने क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन २७, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३