• नेपाल वायुसेवा निगमले अब साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान भर्न पाउने भएको छ । निगमले सोमबार साउदी अरेबियाको रियादस्थित सामान्य नागरिक उड्डयन प्रधिकरण कार्यालयबाट औपचारिक रुपमा उडान अनुमति प्राप्त गरेको हो ।

    यस उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ । निगमले आगामी अप्रिलदेखि व्यावसायिक योजना अनुरुप काठमाडौं– रियाद – काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने भएको छ।

4565