• झापा गोल्डकपको पाँचौं संस्करणको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब विजयी बनेको छ।सातदोबाटो जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै उद्घाटन खेलको विजेता बनेको हो।

    खेलको निर्धारित समयसम्म प्रतिष्पर्धा बराबरीमा रहेपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको हो।टाइब्रेकरमा जावलाखेलका राजन रावलको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले रोकेपछि सातदोबाटोको विजय निश्चित बनेको थियो। संगै जावलाखेलको एउटा प्रहार गोलपोस्टबाट बाहिरिएको थियो।

    झापाको बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा भइरहेको नेपाल आइस् पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलको पहिलो हाफमै जावलाखेल युथ क्लबले अग्रता कायम गरेको थियो।पहिलो हाफमा जावलाखेलको प्रतिष्पर्धी सातदोबाटो युथ क्लबले जावलाखेललाई एक गोल लगाएको थियो।जावलाखेलको २–१ को अग्रता दोस्रो हाफको केही मिनेटसम्म मात्र टिक्यो। सातदोवाटोले अर्को गोल गरेपछि खेल बराबरीमा पुग्यो।

    खेलको निर्धारित समयमा प्रतिष्पर्धा बराबरीमा रहेपछि अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो। कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार प्राप्त गर्नेछन्।प्रतियोगिताको फाइनल खेल फागुन ३० गते हुनेछ।

4565