• पाकिस्तानको पेशावरस्थित मस्जिदमा भएको आत्मघाती हमलामा परेर ३० जनाको मृत्यु भएको छ । शुक्रवार नमाजको समयमा विस्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पेशावरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा भएको विस्फोटमा ५० जना घाइते भएका छन् ।

    उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।प्रहरीले मस्जिद वरपरको क्षेत्रलाई खाली गराएर छानबिन गरिरहेको छ । हालसम्म कुनै पनि आतंककारी संगठनले विस्फोटको जिम्मेवारी लिएको छैन ।

4565