-
नेकपा एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले पर्यटकीय क्षेत्र शैलुङडाँडामा ‘शैलुङ साहित्यिक सांस्कृतिक महोत्सव २०७८को उद्घाटन गरेकाछन ।महोत्सवको आयोजना मदन भण्डारीकला साहित्य प्रतिष्ठान काठमाण्डौँ गरेको हो।
हिउँमा रमाउन र शैलुङ घुम्न मुलुकका विभिन्न भागबाट पर्यटक कार्यक्रममा घुईचो लागेको थियो। शैलुङबाट गौरीशंकर, गणेश, जुगल, अन्नपूर्णसहित मुलुकका प्राय हिमश्रृङखला र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका प्राय पहाड र पर्वतहरु देखिन्छ।
प्राकृतिकसंगै शैलुङ हिन्दु र बोद्धधर्मावलम्बीहरुको धार्मिक स्थल हो। यहाँ जनैपूर्णिमा, बाला चतुदर्शी लगायतका समयमा मेला लाग्ने गर्छ। महोत्सवका कारण दोलखाको शैलुङको अन्तराष्ट्रियकरण भएको छ । शैलुङ पुग्न राजधानीबाट दुई ओटा मार्ग प्रयोग गर्न सकिन्छ। काठमाण्डौबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको खाडीचौरबाट शुरु हुने लामोसाँघु जिरी सडक र्फ लागेपछि मुडे बजार आउछ। त्यहाँबाट दोलखाको देउराली बाघखोर हुँदै शैलुङको कालापानी पुग्न सकिन्छ।
कालापनी शैलुङको बेस क्याम्प हो। यहाँ सम्म मोटर पु¥याइएको छ।यो बाहेक राजधानीबाट सोही मार्ग हुँदै १ सय ३२ किलोमिटर दुरीमा रहेको दोलखा सदरमुकाम चरिकोट निस्केर त्यहाँबाट ३२ किलोमिटर यात्रा गरेपछि कालापानी पुग्न सकिन्छ।
शैलुङ पुग्न राजधानीबाट दुई ओटा मार्ग प्रयोग गर्न सकिन्छ। काठमाण्डौबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको खाडीचौरबाट शुरु हुने लामोसाँघु जिरी सडक तर्फ लागेपछि मुडे बजार आउछ। त्यहाँबाट दोलखाको देउराली बाघखोर हुँदै शैलुङको कालापानी पुग्न सकिन्छ। कालापनी शैलुङको बेस क्याम्प हो। यहाँ सम्म मोटर पु¥याइएको छ।
ओलिले शैलुङको सबै मिलेर विकास गर्नु पर्नेमा जोड दिए । उनलेसबै राजनीतिक दलहरुलाई आव्हान गदै भन्नु भयो अब शैलुङको विकास गरौ । कालापानी, झोर मनगठाउँ सहितका बस्तीहरुमा होम स्टेको योजनाअघि सारेको छ। कालापानीबाट सिढी चढेर एक घण्टा उकालो चढेपछि सय ओटा थुम्काहरुको सुन्दर डाँडो शैलुङ पुगिन्छ ।
शैलुङडाँडा एउटा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित रहि आएको छ। यो ठाउ समुन्द्री सतहबाट करीब ३ हजार १सय मिटर अग्लो स्थानमा रहेको छ।लुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ । शैलुङ डाँडामा एक सय वटा अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरू रहेका छन्
News Desk 0 response शुक्रबार, फाल्गुन २०, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३





