• प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेद पेश गरेका छन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोधका बाबजुद प्रतिबेदन पेश गरिएको हो । बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

    पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई सभामुखले कारबाहीको सूचना निकाल्नुपर्ने माग राख्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बोलाइएको छ ।

4565