• बाँकेको राप्तीसोनारी गाउँपालिकामा मान्छेलाई पटक–पटक आक्रमण गरि मानिसको ज्यान लिएको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरस्थित राप्ती पिडित सामुदायिक वनस्थित सिक्टाको पूर्वी नहरबाट आज बिहान राष्ट्रिय प्रकृति संरक्षण कोषबाट खटिएको प्राबिधिक टोली, डिभिजन वन कार्यालय बाँके, बाँके राष्ट्रिय निकुञ्जबाट खटिएको प्राबिधिक टोली र वन उपभोक्ता समितिको संयुक्त टोलिले नियन्त्रणमा लिईएको हो ।

    उक्त वन क्षेत्रमा रहेको बाघलाई नियन्त्रणमा लिनका लागि बिगत १२ दिन देखि आहाराका लागि बाँधेर राखिएको भैसीको पाडोको शिकार गर्दा डार्ट गरि नियन्त्रणमा लिन सफल भएको डिभिजन वन कार्यालयका प्रमुख ददिलाल कँडेलले जानकारी दिए । उनले बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा ६ महिना भित्र ५ जनाको ज्यान लिएको बताए । पछिल्लो केही महिनादेखि राप्तीसोनारी गाउँपालिका वडा नं ४ र ६ मा बाघले पटक–पटक आक्रमण गरेको थियो ।

4565