• युक्रेनमा रहेका २ सय २५ जना नेपाली सम्पर्कमा आएका छन । जर्मनीस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरु दुतावासको सम्पर्कमा आएको जनाएको हो । युक्रेनमा रहेका सबै नेपाली नागरिकहरूलाई सीमा नाका हुँदै रोमानीया, पोल्यान्ड, हंगेरी र स्लोभाकिया प्रवेश गर्न दुतावासले अनुरोध गरिरहेको छ ।

    रुसले आक्रमण थालेपछि युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीय सहायताको आधारमा पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ–आफ्ना देशका सिमाना खुल्ला गरिदिएका छन् । नेपालीहरुलाई पनि आवश्यक कागजपत्र बोकेरै तिनै देशतर्फ जान वर्लिनस्थित दूतावासले आग्रह नेपालले गरेको छ । तिमध्ये १ सय ५० जनाभन्दा बढी नेपालीहरू पोल्यान्ड पुगिसकेका छन । तिमध्ये १० जना नेपालीलाई यात्रा अनुमतिपत्र पनि उपलब्ध गराइएको छ ।

    यसैविच युक्रेनमा रहेका द्वन्द्व प्रभावित नेपालीको उद्धारको लागि सरकार र एनआरएनएले उच्चस्तरीय संयन्त्र गठन गरेका छन । जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा ’रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो । यस्तै द्वन्द्व पीडितको लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमितिसमेत गठन गरिएको छ ।

4565