• नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको साधारण खर्च धान्न पनि गाह्रो रहेको भन्दै विकासका लागि सहयोगहरु चाहिएको बताएका छन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमसीसी पारित गर्नुपर्ने र चीन र भारतबाट पनि सहयोग लिएर विकास गर्नुपर्ने समेत बताए । प्रमुख दलहरु सबै एमसीसीमा जोडिएको उनको दावी थियो ।

    कांग्रेसका सांसद मीनेन्द्र रिजालले एमसीसीका सन्दर्भमा व्याख्यात्मक घोषणा गर्नु बाध्यता भएको बताए । उनले व्याख्यात्मक टिप्पणीले सम्झौतालाई परिमार्जन र विकसित गर्न नसक्ने दावी समेत गरे । रिजालले सत्ता गठबन्धनका दलहरुले कार्यकर्तालाई भ्रमको खेती गरेको आरोप लगाए ।

4565