-
बुर्किनाफासोको एक सुन खानीमा सोमबार भएको विस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ ।सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा सो विस्फोट भएको थियो ।त्यसमा परेर अरु सो खानीमा काम गर्ने मजदुर तथा कर्मचारीहरु मारिएका समाचारमा जनाइएको छ ।
सो विस्फोटमा परेर अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । तीमध्ये कैयौँ घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकरीहरुले जानकारी दिएका छन् ।सो खानी तत्कालै बन्द गर्न यहाँको स्थानीय सरकारले आदेश दिएको छ । बुर्किनाफासोको दक्षिण पश्चिमी प्रान्त जिबोबोरामा अवस्थित खानीमा सो विस्फोट भएको थियो ।प्रहरीले सो खानी सञ्चालन गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको जनाइएको छ । खानीको सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्डको पालना गरे नगरेको विषयमा उनीहरुमाथि अनुसन्धान हुने बताइएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३