• नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन् । आईतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीले कानुनी आधारमा बैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनिसकेको दावी समेत गरे । उनले सत्तारुढ गठबन्धन तीन वटै तहको निर्वाचनमा मिलेर जाने भन्दै स्थानीय निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

    अध्यक्ष नेपालले आफूले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन चाहेको पनि बताए । एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको उनको भनाइ छ ।अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यक्ता रहेको पनि दोहोर्याए ।

4565