• जापानले विद्यार्थी र व्यवसायीका लागि प्रवेश खुल्ला गर्ने तयारी थालेको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै लामो समयदेखि लगाउँदै आएको विदेशीहरुको प्रवेश प्रतिबन्ध खुला बनाउने तयारी उसले गरेको हो ।

    लामो समयदेखिको प्रवेश प्रतिबन्धलाई सरकारले चरणबद्ध रुपमा हटाउन लागेको जापानका सञ्चारमाध्यमले जनाएका छन । पहिलो चरणमा व्यावसायिक प्रयोजनले जापान प्रवेश गर्न चाहने विदेशी र बिद्यार्थीहमाथिको प्रतिबन्ध अर्को महिनादेखि हटाउने तयारी जापान सरकारको छ । जापान प्रवेशपछि आबश्यक पर्ने क्वारेन्टाइन नीतिलगायतका विषयमा जापान सरकारले छलफल गरिरहेको छ ।

4565