• विश्व स्वास्थ्य संगठन ‘डल्लुएचओ’ ले कोरोना महामारी अबको केही महिनामा नै अन्त्य हुने सम्भावना रहेको बताएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले विश्वका ७० प्रतिशत मानिसले कोरोना खोप लगाएको अवस्थामा आगामी जुनदेखि जुलाईसम्ममा कोरोनाको कठिन चरण समाप्त हुने बताएका हुन् ।

    दक्षिण अफ्रिकामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गेब्रेयेससले कुल जनसंख्याको ७० प्रतिशतलाई खोप लगाउन सकियो भने कठिन चरण साँच्चै नै अन्त्य हुन सक्ने उनको भनाइ छ । उनले दक्षिण अफ्रिकाले बनाइरहेको नयाँ प्रविधिको सस्तो कोरोना खोपले महामारी नियन्त्रणको लागि थप सहयोग गर्न सक्ने बताएका छन् ।

    यसअघि डब्ल्यूएचओकी अफ्रिका प्रमुखले अहिले अफ्रिका कोरोना महामारीबाट बाहिर आउने प्रयासमा रहेको बताएकी थिइन् । अफ्रिकामा अहिलेसम्म ११ प्रतिशत मानिसले मात्र कोरोना खोप लगाएका छन ।महामारीबाट बाहिर आउन अफ्रिकामा कोरोना खोप अभियान ६ गुणाले बढाउनु जरुरी रहेको डब्ल्यूएचओले बताएको छ ।

4565