• श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सवै प्रक्रिया बुझेर मात्र बैदेशिक रोजगारमा जान सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा युएई गई अलपत्र परेर नेपाल फर्काइएकाहरुसंगको छलफलका क्रममा मन्त्री श्रेष्ठले राज्यका बिभिन्न निकाय र सम्बन्धित कम्पनीमा बुझेर मात्र मात्र बैदेशिक रोजगारमा जान सुझाव दिएका हुन् । भिजिट भिसा प्रयोग गर्नेहरु अलपत्र पर्ने क्रम बढेको भन्दै उनले यस क्षेत्रमा देखिएको बिकृतिलाई अन्त्य गर्ने प्रतिवद्धता समेत जनाए ।

    छलफलका क्रममा युएइबाट फर्केका पीडितहरुले म्यानपावरलाई भनेबमोजिमको पैसा दिँदा पनि आफुहरुलाई अलपत्र पारेको गुनासो गरेका थिए । युएइमा निकै कष्टकर रुपमा आफुहरुलाई राखिएको उनीहरुले बताए । उनीहरुले आफुहरुलाई अलपत्र पार्ने म्यानपावरलाई कडा कारवाही गर्न माग गरेका छन् ।

    टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका नेपालीलाई आठ जनालाई उद्धार गरी नेपाल ल्याएको हो । युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका संचालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ समेत गरिसकेको छ ।

4565