-
प्रख्यात भारतीय गायिका लता मंगेशकरको मृत्यु भएको छ । मंगेशकरको ९२ बर्षको उमेरमा मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमित भएपछि उनी जनवरी नौमा अस्पताल भर्ना भएकी थिइन । कोरोनाका कारण उनलाई निमोनिया भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत चलचित्र र संगित क्षेत्रका व्यक्तिहरुले उनको निधनमा दु्ःख व्यक्त गरेका छन । लताको निधनको शोकमा भारतमा दुई दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । लताको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी छ । लता मंगेशकरलाई भारत कि नाइटिंगेलको रुपमा समेत चिनिने गरिन्छ ।
उनी १३ वर्षको उमेरमा गायनमा प्रवेश गरेकी थिइन् । उनले सन् १९४२ मा आफ्नो पहिलो गीत रेकर्ड गरेकी थिइन । सात दशक लामो आफ्नो करियरमा उनले नेपाली सहित विभिन्न भाषामा ३० हजार भन्दा धेरै गीत गाएकी छिन । उनका ’एक प्यार का नगमा है’, ’राम तेरी गंगा मैली’, ’एक राधा एक मीरा’ र ’दीदी तेरा देवर दीवाना’ जस्ता गीत सर्वाधिक लोकप्रिय छन । उनले गायनका लागि सन् १९६९ पद्मभूषण पाएकी थिइन् ।
News Desk 0 response आइतवार, माघ २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३