• नेकपा एमालेले समयमा नै स्थानीय तहको निर्वाचन घोषणा गर्नका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । बुधबार भक्तपुरमा बसेको एमाले सचिवालय बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्नका लागि दबावमुलक कार्यक्रम गर्न काठमाडौंसहित सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा भएको अन्तर्घात छानबिन गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय पनि गरेको छ । एमालेले स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसान बाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय पनि गरेको छ । साथै बैठकले तुल्सीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया शर्मालाई पार्टीबाट निष्कासन गरेको छ ।

4565