• सामसङले मंगलबार को सिइएस कार्यक्रममा ग्यालेक्सी एस टू वान एफई सार्वजनिक गरेको छ । यस वर्षको मोडेलमा पनि गत वर्षको भन्दा खासै केही पनि फरक छैन् ।

    यस स्मार्टफोनमा पनि ५ नानोमिटरको चिप प्रयोग गरिएको छ । स्मार्टफोनमा ट्रिपल क्यामेरा सिस्टम रहेको छ । यस स्मार्टफोनमा एन्ड्रोइड १२ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।

    यो फोन ल्याभेण्डर, ओलिभ, सिल्भर र कालो रगंमा उपलब्ध रहेको छ । यो फोन ६।२ आउन्स तौलको रहेको छ । यसमा ६।४ इन्चको स्क्रीन रहेको छ । फोनमा १२ मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको सेन्सर रहेको छ । यस स्मार्टफोनमा पनि पेन स्टाइलस सपोर्ट रहेको छ ।

4565