• बागलुङको धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ हुँदा उपचारमा समस्या भएको छ । सरकारले कोरोना संक्रमितलाई आवश्यक पर्ने अक्सिजन जिल्लामै उत्पादन गर्ने उदेश्यले स्थापना गर्न शुरू गरेको अक्सिजन प्लान्ट अलपत्र परेको हो ।

    सरकारले धौलागिरि अस्पतालमा कोरोना संक्रमित बिरामीको सहजरूपमा उपचार गर्ने उदेश्यले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट निर्माणकार्यको जिम्मेवारी लिएको निर्माण कम्पनीले काम पुरा नगर्दा योजना अलपत्र परेको छ । कोरोनाको नयाँ संस्करण ओमोक्रोनिक नेपाल समेत देखिसकेको अवस्थामा धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट नहुदा अहिले पनि पोखराबाट सिलिन्डरमा अक्सिजन ल्याएर बिरामीको उपचार गर्नु पर्ने बाध्यता छ ।

    अक्सिजन प्लान्ट अति आवस्यक भए पनि बिबिध कारणले काम समयमै सम्पन्न हुन नसकेको अस्पतालका प्रशासन बताउछ ।अस्पतालमा सानो प्रविधिको अक्सिजन प्लान्ट मार्फत बिरामीको बेड बेड सम्म पाइप मार्फत अक्सिजन पु¥याउनु पर्ने बाध्यता छ । कोरोनाका बिरामी बढ्दा दैनिक रूपमा ६० वटा भन्दा बढी अक्सिजन सिलिन्डर पोखराबाट रिफिल गरेर ल्याउनुपर्ने बाध्यता कायमै छ ।

4565