-
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समानबिचारधारा भएका पार्टी, संस्था, व्यक्ति, धार्मिक क्षेत्रसंग एकता र सहकार्य गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा एकता महाधिवेशनपछि बसेको राप्रपाको केन्द्रीय समिति बैठकले समानबिचारधारा भएकासंग एकता र सहकार्य गर्न महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ । आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न समितिहरु गठन गरिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।
त्यसैगरी राप्रपाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष धु्रवबहादुर प्रधान नेतृत्वको समिति गठन गरेको छ । अध्यक्ष लिङदेनले पार्टीका सबै भातृ संगठनहरुलाई ३ महिना भित्र अनिवार्य रुपमा आफ्नो महाधिवेशन सम्पन्न हुनेगरी कार्ययोजना तथा कार्यतालिका तय गरी पार्टीमा बुझाउन पनि निर्देशन दिइएका छन् ।
News Desk 0 response बुधबार, मंसिर २२, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





