• नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको टिप्पणी गरेका छन् । मंगलबार चाक्सीबारीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता घिमिरेले नेपाली कांग्रेस प्रदेश नं. १ को निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सत्ताको चरम दूरुपयोग गरी आफूलाई हराएर दोस्रो पटक राजनीतिक हिंसा गरेको आरोप लगाएका हुन् । उनले कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन मुल्य स्खलनको जिवन्त उदाहरण भएको उनको जिकिर छ ।

    नेता घिमिरेले प्रदेश १ को निर्वाचनमा धनवाद र डनवादको प्रयोग भएको बताए । सभापति देउवाले आफ्नो गुटलाई पक्षपोषण र मलजल गर्न प्रधानमन्त्रीको कुर्सी प्रयोग गरिएको भन्दै उनले पार्टीको महाधिवेशनमा सत्ताको चरम दूरुपयोग गर्नेले मुल्य चुकाउनुपर्ने बताए ।

4565