• राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट नेतृत्वमा दावी नगर्ने बताएका छन् । मंगलबार विज्ञप्ति जारी गरी उनले आफू निर्वाचन प्रक्रियाबाट अलग रहेको घोषणा गरेका छन् ।

    ‘नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना हो । उनले विज्ञप्तीमा उल्लेख गरेका छन् । अध्यक्ष जबराले सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयन होस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले सर्वसम्मतबाट अध्यक्ष चयन गर्न आफूले प्रयत्न गर्ने पनि बताएका छन् ।

    राप्रपाको अध्यक्षमा कमल थापा दोहोरिन चाहेका छन् भने नेता राजेन्द्र लिङ्देनले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् ।

4565