-
दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’आशंका पछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकाबाट कर्नाटक आएका केही यात्रुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । भारतले हङकङ, बोत्सवाना इजरायललगायतका देशबाट आउने सबै यात्रीको स्वास्थ्य जाँच गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यका सम्बन्धित अधिकारीको आपतकालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन । मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्नपनि निर्देशन दिएका छन । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभावित देशसँगको उडानमा प्रतिबन्ध लगाउन माग गरेका छन ।
त्यस्तै दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का शङ्कास्पद सङ्क्रमित भेटिएपछि जर्मनीमा उच्च सतर्कता अपनाइएको छ । एक व्यक्ति नयाँ भेरियन्टबाट सङ्क्रमित भएको हुनसक्ने आशंकामा हेस्सी राज्यले एकजनालाई क्वारेन्टिनमा राखेको हो । विश्व स्वास्थ्य सङ्गठनले नयाँ भेरियन्ट ओमिक्रोनलाई चिन्ताको विषय घोषणा गरेको छ ।
युरोपियन संघ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले सोमवारबाट अधिकांश दक्षिण अफ्रिकी मुलुकहरूबाट हुने उडानहरूमा रोक लगाउने निर्णय गरेका छन । दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथोबाट आउने यात्रुमाथिपनि प्रतिबन्ध लगाइएको छ । अमेरिकाले पनि दक्षिण अफ्रिकाका ७ देशबाट आउने आफ्ना नागरिक बाहेकका यात्रुलाई प्रतिबन्ध लगाएको छ । अस्ट्रेलियाले अफ्रिकी देशहरूसँगको उडान १४ दिनका लागि बन्द गरेको छ ।
जापानले अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई अनिवार्य १० दिन क्वारन्टीनमा राख्ने निर्णय गरेको छ । इरानले ६ वटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ । ब्रजिलले पनि ६ वटा दक्षिण अफ्रिकी देशहरूबाट आफ्नो देशमा हुने यात्रामा प्रतिबन्ध लगाएको जनाएको छ ।
क्यानडाले दक्षिण अफ्रिकी देशहरूमा विगत १४ दिनको अवधिमा यात्रा गरेका विदेशीहरूलाई प्रवेशमा रोक लगाएको छ । थाइल्यान्डले ८ वटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ ।
News Desk 0 response आइतवार, मंसिर १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





