-
विश्व स्वास्थ्य संगठन डल्युएचओले आगामी मार्च महिनासम्ममा युरोपमा कोरोनाबाट थप ७ लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । पछिल्ला दिनहरुमा तीब्र संक्रमण सामना गरिरहेका युरोपेली देशहरु र युरोपसंग जोडिएका एशियाली देशहरुमा ठूलो संख्यामा मृत्यु हुनसक्ने चेतावनी डल्युएचओले दिएको हो ।
डब्लुएचओले युरोप क्षेत्रमा राखेका ५३ वटा देशमा अहिलेसम्म १५ लाख बढी मानिसको मृत्यु भईसकेको छ । आगामी बसन्तसम्ममा यो संख्या २२ लाख पुग्ने दाबी पनि डल्युएचओले गरेको छ । मार्चसम्ममा युरोपेली देशका अस्पतालहरुका सघन उपचार कक्षमा भयंकर चाप पर्ने पनि डल्युएचओको प्रक्षेपण छ ।
युरोपका थुप्रै देशहरुमा अहिले कोरोनाको अनिवार्य खोप र लकडाउनको विरोध भईरहेको छ । नेदरल्याण्ड, अष्ट्रिया, बेल्जियमलगायतका देशहरुमा हिंसात्मक प्रदर्शन समेत भएका छन् । जर्मनी, फ्रान्स, ग्रीसलगायतका देशहरुले भने दुई वटै खोप लगाईसकेकाहरुलाई बुस्टर डोज दिने तयारी गरेका छन् ।
पछिल्ला दिनमा रुसमा मात्रै दैनिक मृत्युदर १२ पुगेको छ भने युरोपमा ४ हजार २ सय पुगेको छ । खोप नलगाएकाहरुको हताहती र डेल्टा भेरियन्टको असर निकै खतरनाक देखिएको भन्दै विश्व स्वास्थ्य संगठनले धेरै भन्दा धेरै मानिसको ज्यान बचाउनका लागि सवैको उत्तिकै दायित्व हुने बताएको छ ।
News Desk 0 response बुधबार, मंसिर ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३