• पूर्व मन्त्री रामचन्द्र झा मंगलबार एक समारोह बीच नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । झालाई एक समारोहका बीच सो पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले प्रवेश गराएकाहुन । तराइ क्षेत्रका ठूला नेताका रुपमा रहेका पूर्व मन्त्री झा केहीदिन अघि नेकपा एकीकृत पार्टी त्याग गरेका थिए ।

    समारोहमा पूर्व प्रधानमन्त्री नेपालले नेकपा एकीकृत समाजवादीको देशको ठूलो शक्ति बन्नेतर्फ अग्रसर रहेको बताए । केहीदिन भित्रै ठूल ठूला नेताहरु यसमा आइरहेका छन बताउँदै उनले भने इमानदार नेतालाई जोडने कार्य आफूहरुले गरिरहेको बताए ।

    पूर्वमन्त्री रामचन्द्र झाले केपी ओलीको पार्टीलाई तराइर्मा समाप्त पारिने आफनो लक्ष्य रहेको बताए । उनले भने जनता बैकल्पिक शक्ति खोजीरहेका थिए, जो माधव नेपाल नेतृत्वको पार्टीले दिन सक्ने देखेर यसमा आएको दावी गरे । झा सहित २ हजार व्यक्ति पार्टी प्रवेश गरेका छन ।

    त्यसैगरि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपालले न्यायपालिकाको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने आवश्यकता रहेको समेत बताएका छन् ।

    अध्यक्ष नेपालले न्यायपालिकाभित्र देखिएको द्वन्द्वको समाधान छलफल गरेर आपसमा समझदारी गरी समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘यसका लागि सम्बन्धित पक्षहरूबाट चाँडै कुराकानी हुन्छ । हामीले पनि प्रधानमन्त्रीलाई यो विषयमा पहल गर्न आग्रह गरिसकेका छौँ । छिटोभन्दा छिटो टुङ्गो लगाउनु आवश्यक छ । वार्ता संवादभन्दा ठूलो अरु केही हुन सक्दैन ।’

    सरकारको सवालमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियुक्तिको काममा ढिलाइ गरिरहेको बताए । उनले विभिन्न पार्टीहरूको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गरे ।
    अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामहरूलाई सरकारले छिटोभन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पु¥याउन आवश्यक रहेको धारणा राखे ।

    अर्को प्रसंगमा बोल्दै नेपालले राष्ट्रियसभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताए । उनले उपनिर्वाचनमा पनि पाँच दलीय गठबन्धन मिलेरै अगाढि बढ्ने विश्वास व्यक्त गरे ।

4565