-
बाराको विश्रामपुरस्थित गायक योगेश्वर अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलासा भएको छ । कुमारी बैकबाट बैंकका कर्मचारीको मिलोमत्तोमा १९ करोड रुपैयाँ लिएको खुलेको हो।
कीर्ते गरेको अभियोगमा प्रहरीले वीरगंजको कुमारी बैंक शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया नक्कली कागजपत्र बनाएर कर्जा लिने एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो। वीरगंज शाखाका एक जना बैंक कर्मचारी भने फरार रहेकाले खोजी भइरहेको ब्युरोका डीआईजी धीरजप्रताप सिंहले बताएकाछन्।
लालपुर्जा नै नक्कली बनाएर बैंकका कर्मचारीको मिलोमत्तोमा ऋण लिएको देखियो। अहिले अनुसन्धान गरिरहेका छौँ, डीआईजी सिंहले भने।बैंकका कर्मचारीले शाखाबाट प्रक्रिया पूरा भएको भन्दै काठमाडौंको न्यूरोड शाखालाई ऋण दिन पत्राचार गरेका थिए। त्यसपछि गत साउनमा न्यूरोड शाखाबाट १९ करोड रुपैयाँ पैसा ऋण प्रवाह भएको थियो। यो सबै घटनाको मुख्य योजना भने कुसन प्रधानले बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ। उनी जग्गा कारोबारी भएको खुलेको छ।
नक्कली लालपुर्जा राखेर ऋण लिएको बैंकले थाहा पाएपछि भदौमा नै ऋणीबाट पैसा असुलेको थियो। तर, यस घटना त्यतिखेरसम्म प्रहरीमा आइनपुगेको डीआईजी सिंहले बताए। आफ्नो जग्गाको नक्कली लालपुर्जा बनाएको गायक अमात्यले थाहा पाएपछि प्रहरीमा पुगेका थिए।
दशैंको छेकोतिर उहाँले थाहा पाएर हामीकहाँ उजुरी गर्न आउनु भएको हो। त्यसअघि प्रहरीलाई कुनै जानकारी नै थिएन, डीआईजी सिंहले भने।प्रहरीले अहिले सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा समातिएकाहरू विरुद्ध अनुसन्धान गरिरहेको छ।पहिलो पोष्ट
News Desk 0 response बुधबार, कार्तिक २४, २०७८
-
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३

शनिबार, अशोज १०, २०८३