-
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले मुलुकमा धर्मनिरपेक्षता हटाउँदै हिन्दु राज्य र राजसंस्था सहितको राष्ट्र प्रमुखको पक्षमा जनमत सिर्जना गर्ने अभियानमा लागेको बताएकाछन्।
राप्रपा जिल्ला कार्य समिति काभ्रेको अधिबेशनको उदघाटन सत्रमा बोल्दै अध्यक्ष पशुपति शमशेर जबराले धर्मनिरपेक्षता गलत निर्णय भएको बताए। ‘८१ प्रतिशत हिन्दुहरु भएको मुलुकमा धर्मनिरपेक्षता गलत भयो’–अध्यक्ष जबराले भने ‘संविधानमा मुलुक हिन्दु राज्य भएको राख्नु पर्छ ।’
राष्ट्रप्रमुख पार्टीका सदस्य भएको ब्यक्ति हुँदा पार्टी प्रति वफादार मात्रै नभई पार्टीको पनि गुट प्रति वफादार भएकाले राजसंस्थालाई निश्पक्ष राष्ट्र संचालनको प्रमुख बनाउनु पर्ने जबराको धारणा थियो ।
‘जनताले विकृति, विसंगति र भ्रष्टाचार बाहेक केहि पाएका छैनन’–जबराले भने ‘नेकपा नेतृत्वको सरकारले दिने भनेको स्थायीत्व दिन सकेन । गठवन्धनको सरकारले पनि चार महिनाको बीचमा त्यसको छाँट देखाएन ।’
नेकपा एमाले र नेकपा माओवादी बीचको एकता पछिको गठवन्धनले उन्नती, प्रगतिको सट्टा पुनः आफै टुक्रा टुक्रा भएर मुलुकमा अस्थिरता शुरु भएको अध्यक्ष जबराले बताए । चार महिनाको बीचमा गठवन्धनको सरकारले पनि जनताको पक्षमा कुनै काम नगरेकाले राप्रपा नेपालले महाधिबेशन पछि सडक आन्दोलन घोषणा गरी जनतालाई जागृत बनाउने उनले बताए ।
अध्यक्ष टुल्कु लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पुर्व सन्ध्यामा बनेपा नगर परिक्रमा गरी राजतन्त्र, राजसंस्था र राष्ट्रियता सहित हिन्दु धर्मको पक्षमा खवरदारी गरिएको थियो ।
News Desk 0 response शनिबार, कार्तिक १३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३