-
भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुमध्ये ५६ प्रतिशत केरला प्रदेशमा मात्रै भएको पाइएको छ ।पछिल्लो समयमा औसतमा दैनिक २० हजार नयाँ सङ्क्रमित हुने गरेकोमा झन्डै १० हजारभन्दा बढी केरलाका मात्रै भएको पाइएको हो ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार पछिल्लो हप्ताको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको समाचारमा जनाइएको छ ।मन्त्रालयका उपसचिव लभ अग्रवालले पछिल्लो २४ घण्टामा भने भारतमा २२ हजार ४३१ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिए ।
उनका अनुसार भारतमा पछिल्लो एक दिनमा कोरोनभाइरसबाट सङ्क्रमित भएर ३१८ जनाको मृत्यु भएको छ ।तीमध्ये केरलामा मात्रै १२ हजार ६१६ जना सङ्क्रमित भएका छन् भने १३४ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले पनि दुई लाख ४४ हजार १९८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जानकारी दिएको छ ।पछिल्लो एक दिनमा २४ हजार ६०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड ३२ लाख २५८ पुगेको छ ।
News Desk 0 response बिहिबार, अशोज २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३