• तालिबानले अफगानिस्तानमा नयाँ सेना तयार गर्ने घोषणा गरेको छ । सत्ता कब्जा गरेको एक महिनापछि तालिबानले सेना घोषणाको तयारी गरेको हो ।

    कार्यवाहक सरकारका चिफ अफ स्टाफ कारी फसिउद्दिनका अनुसार नयाँ सेनामा पूर्व अफगान सरकारका सेनालाई समेत समावेश गरिने छ । तालिबानले आफ्नो फौज बनाउन काम सुरु गरिसकेको र चाँडै पूर्णता पाउने जनाएको छ ।

    अफगानिस्तानलाई बाहिर वा भित्रबाट आउने खतरालाई सेनाले सामना गर्ने तालिबानले जनाएको छ । तालिवानले गत अगस्ट १५ मा अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो । सेप्टेम्बर सातमा आफ्नो अन्तरिम सरकार पनि घोषणा गरिसकेको छ ।

4565