• अमेरिकामा भएको आतंककारी हमलाको आज विस वर्ष पूरा भएको छ । सन् २००१ को सेप्टेम्बर एघारमा आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए ।

    यो दुर्घटनामा ७७ देशका झण्डै तीन हजार मानिसको मृत्यु भएको थियो । सो घटनाको स्मरणमा न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा औँ स्मृति दिवस कार्यक्रम आयोजना गरिएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ को पूर्वसन्ध्यामा एक भिडियो जारी गरी उक्त आक्रमणमा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले अमेरिकी जनतालाई एकजुट रहन अपिल पनि गरेका छन् । आक्रमणलगत्तै आफ्नो ज्यान जोखिममा पारेर उद्धारमा खटिनेहरूप्रति आफ्नो सम्मान रहेको पनि बाइडेनले बताएका छन् ।

    अमेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान अपहरण गरेर न्युयोर्क र वासिङ्टनका भवनमा ठोक्काइएको थियो । दुईवटा विमानले न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए । तेस्रो विमानले अमेरिकी सेनाको मुख्यालय पेन्टगनको पश्चिमी मोहडालाई क्षति पु¥याएको थियो ।

    चौथो विमान पेन्सिल्भेनीआको एउटा मैदानमा दुर्घटना भएको थियो । यो आक्रमण विश्वकै लागि शताब्दीकै सबैभन्दा पीडादायक घटना मानिन्छ । आक्रमणपछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसले आक्रमणमा संलग्न अल कायदालाई उन्मुलन गर्न र ओसामा बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरेका थिए ।

    लादेन सन २०११ मा अमेरिकी आक्रमणमा मारिएका थिए । झन्डै दुई दशकपछि अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिएका छन् ।

4565