• अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिने तयारी गरेको छ । अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अक्टोबरभित्र फाइजरको खोप तयार हुने जानकारी दिएका हुन ।

    सो उमेर समूहका लागि कोरोनाको खोप आपतकालीन रुपमा प्रयोगका लागि अमेरिकी स्वास्थ्य निकाय एफडीएले अनुमति समेत दिएको छ । फाउचीले मोर्डना खोपपनि नोभेम्बरभित्र तयार हुने भन्दै विद्यालय जने उमेरका सबै बालबालिकालाई प्राथमिकताका आधारमा खोप लगाइने जानकारी दिए ।

    विद्यालयहरु सञ्चालनमा आएसँगै अमेरिकाले बालबालिकाहरुलाई खोप दिने तयारी गरेको हो । अमेरिकामा पछिल्लो २४ घण्टामा डेढ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । एक लाख ६८ हजार संक्रमित थपिँदा एक हजार ७ सय २४ जनाको मृत्यु भएको छ ।

4565