-
चीनले अमेरिकाको गम्भीर नीतिका कारण द्वीपक्षीय सम्बन्धमा गम्भीर कठिनाइहरु आएको बताएको छ । राष्ट्रपति सी जिन्पिङ्ले अमेरिकी समकक्षी जो बाइडेनसँगको टेलिफोन संवादका क्रममा यस्तो धारणा राखेका हुन् । उनले अमेरिकाको चीन नीति दुई मुलुकका जनताका साथै अन्य मुलुकको साझा स्वार्थको प्रतिकूल रहेको बताएको पनि ग्लोबल टाइम्सले जनाएको छ ।
अमेरिका र चीनले सहकार्य गरे दुई मुलुकसँगै विश्वलाई फाइदा पुग्ने र यदि एकअर्काको सामना गरे दुई मुलुकसँगै विश्वलाई नै नोक्सानी हुने सीको भनाइ छ । सात महिनायता पहिलोपटक र बाइडन अमेरिकी राष्ट्रपति भएपछि दोस्रोपटक दुई नेताबीच वार्ता भएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुई नेताहरूले ‘प्रतिस्पर्धालाई द्वन्द्वमा बदलिन नदिन सुनिश्चित गर्न दुवै राष्ट्रको जिम्मेवारी’को बारेमा छलफल गरेको बताएको छ ।
छलफलमा राष्ट्रपति बाइडनले दुई मुलुकबीचको प्रतिस्पर्धालाई जिम्मेवारपूर्वक व्यवस्थापन गर्न अमेरिकाले गरिरहेको प्रयासको बारेमा स्पष्ट पारेको विज्ञप्तिमा जनाइएको छ । व्यापार, जासुसी र महामारी जस्ता मुद्दामा अमेरिका–चीन सम्बन्ध तनावपूर्ण रहँदैे आएको छ । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानलाई हेर्ने दृष्टिकोणमा पनि यी दुई मुलुकबीच भिन्नता छ ।
News Desk 0 response शुक्रबार, भदौ २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३