• सरकारमा महिलालाई पनि सामेल गराउन माग गर्दै अफगानिस्तानमा महिलाहरुले प्रदर्शन गरेका छन । मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गर्दै महिलाहरुले राष्ट्रपति भवन अगाडी प्रदर्शन गरेका हुन । प्रदर्शनमा सहभागी महिलाहरुले पुरुषसरह अधिकार हुनुपर्ने माग पनि गरेका छन् ।

    बीस वर्ष अगाडीको तालिबानी शासनमा महिलामाथि गरिएको बर्बर अत्याचारको त्रासमा परेका महिलाहरुले यस पटक त्यस्तो हुन नहुने अडान राखेका छन । तालिबानी शासनको त्रासबीच नै पनि महिलाहरु सडकमा उत्रिएर प्रदर्शन गरेका हुन । तालिबानले काबुल कब्जा गरेलगत्तै महिलालाई घरमै बस्न उर्दीसमेत जारी गरेको छ ।

4565