-
अमेरिकाको पूर्वोत्तर भागमा आइडा आँधीका कारण कम्ती ४६ जनाको मृत्यु भएको छ । न्यूजर्सीमा कम्तिमा तेइस जनाको मृत्यु भएको छ । त्यसमध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारी साधनमा फसेका मानिसहरु रहेका छन । न्यूयोर्कमा पनि कम्तीमा चौध जनाको मृत्यु भएको छ ।
त्यसमा एक जना दुई वर्षका बालक पनि छन । मृत्यु हुनेमा एघार जना भवनहरूका सबैभन्दा तल्लो तलामा डुबेको प्रहरीले जनाएको छ । पेन्सलभेनियाको फिलडेल्फिया नजिकै तीन जना र कनेटिकटमा एक जनाको मृत्यु भएको छ । अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी कयौं मानिस घाइते भएका छन । न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा भएको छ । केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका छन ।
न्यूयोर्कका मेयर बिल डे ब्लाजियोले मौसम विज्ञहरूको आलोचना गर्दै उनीहरूको पूर्वानुमान केही मिनेट भित्रै नराम्ररी गलत साबित भएको बताएका छन । न्यूयोर्ककी गभर्नरले पनि त्यहाँ नायग्रा फल्स झरनानै खसेको जसरी पानी परेको बताइन । न्यूयोर्कका सडकहरूमा पानी भरिएको छ भने धेरैतिर रेलसेवा अवरूद्ध भएको छ । कैयौँ उडानहरू रद्द भएका छन् ।
समुद्री आँधी आइडाका कारण अहिलेसम्मकै उच्च वर्षा भएपछि त्यस्तो विपद् देखा परेको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन संकटसँग जुझ्नका निम्ति ऐतिहासिक लगानी आवश्यक पर्ने बताएका छन् । अमेरिकाले देशैभरि जलवायुसम्बन्धी संकट भोगिरहेको र त्यसको सामना गर्नु भनेको जीवन वा मरणको सवाल भएको उनको भनाइ छ ।
News Desk 0 response शुक्रबार, भदौ १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३