• नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौति दिएका छन् । पार्टी निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी संगठनले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उपनेता नेम्वाङले तँ र म को कुरा मात्रै गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने बताएका हुन् । उनले विनाविचारधारा, दर्शन र कार्यक्रमविना पाटी फुटाउन नपाउने संवैधानिक व्यवस्था विपरित माधव नेपालहरुले पार्टी फुटाएको आरोप लगाए ।

    कार्यक्रममा एमाले नेता एवम् पूर्व कानुनमन्त्री अग्नीप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले केपी ओलीमाथि हुँदै नभएको आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताए । नेता खरेलले दल फुटाउन अध्यादेश ल्याउने काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।

4565