-
अमेरिकाका सेनाका शीर्ष सैन्य जनरल मार्क मिलीले अफगानिस्तानका तालिबान बिद्रोहीलाई निर्दयी समूहको संज्ञा दिएका छन् । अमेरिकाले बिस बर्षे लामो युद्ध अन्त्य गरेपछि अमेरिकी सेनाको पहिलो सार्वजनिक टिप्पणी आएको हो । जनरल मिलीले तालिबान विद्रोहीहरु परिवर्तन हुन्छन् कि हुँदैनन् स्पष्ट नभएको समेत उल्लेख गरेका छन ।
भविष्यमा आतंकवाद विरुद्धको लडाइँमा तालिवानसँग अमेरिकाले समन्वय गर्नसक्ने सम्भावना भने बाँकी नै रहेको उनको भनाइ छ । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि जनरल मिलीले अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सँगसँगै पत्रकार सम्मेलनमा तालिबान सम्बन्धि धारणा सार्वजनिक गरेका हुन । पत्रकार सम्मेलनमा जनरल मिली र रक्षामन्त्री अस्टिन दुवैले अफगानिस्तानमा काम गरेका र उद्धारमा खटिएका सैनिकहरूको प्रशंसा समेत गरे ।
रक्षामन्त्री अस्टिनले भविष्यमा इस्लामिक स्टेटसँग आबद्ध आईएस–के विरुद्धको अभियानमा तालिबानसँग अमेरिकाले समन्वय गर्नसक्ने पनि बताए । तालिबानलाई सत्ताच्यूत गर्नेगरी सुरु गरेको युद्ध समाप्त गर्दै अमेरिकाले गत मंगलबारसम्ममा अफगानिस्तानबाट सबै सेना फिर्ता गरेको थियो । फिर्ता हुनुअघि १ लाख २० हजार भन्दा धेरैको अमेरिकाले काबुलवाट उद्दार गरेको थियो । अफगानिस्तान अहिले तालिबानको नियन्त्रणमा रहेको छ । उसले केही दिनमा नयाँ सरकार गठनको तयारी गरेको छ । अमेरिकी सेना फिर्ता गर्ने निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले देशभित्र र अमेरिकी साझेदार मुलुकबाट आलोचना हुँदै आएको छ ।
News Desk 0 response बिहिबार, भदौ १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३