-
सत्तारुढ दलका शीर्ष नेताले सरकार विस्तार लगायतका विषयमा छलफल तिब्र बनाएका छन् । सरकार विस्तारमा ढिलाइ भएको भन्दै आलोचना तिब्र भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा समाजवादी एकिकृतका अध्यक्ष माधब नेपालसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री देउवासँग बालुवाटारमा र अध्यक्ष नेपाललाई सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दाहालले भेटेका हुन् । दुबै नेतासँगको भेटमा मन्त्रालय भागबण्डा गरेर आगामी २२ गतेसम्म मन्त्रिपरिषदलाई पुर्णता दिने विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् । केही दिनयता सरकार विस्तार र संसद अधिवेशन आब्हान लगायतका विषयमा सत्तारुढ दलले छलफल तिब्र बनाएका छन । एसमीसी विधयेकका विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भैरहेको छ ।
असार २८ गते सर्वोच्चको आदेशपछि २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । भदौ २२ गतेसम्म निर्वाचन आयोगले दल रोज्न एमाले र जसपाका प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई समय दिएकाले त्यसअघि मन्त्रिपरिषद् विस्तार नगर्ने सहमति दलहरुबीच भएको छ । त्यसअघि नै भागबन्डा टुंग्याउने तयारीमा नेताहरु रहेका छन् ।
News Desk 0 response बिहिबार, भदौ १७, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





