-
एप्पलले आईफोन १२ र आईफोन १२ प्रोको रिसिभरमा देखिएको समस्या समाधान गर्न नयाँ ‘सर्भिस प्रोग्राम’ घोषणा गरेको छ ।
कम्पनीको भनाइ अनुसार अक्टुबर २०२० देखि अप्रिल २०२१ बीच बनेका मिनी तथा म्याक्स बाहेकका फोनमा ‘इयरपिस’ ९कलको आवाज सुन्ने स्पिकर० मा कल गर्दा वा रिसिभ गर्दा आवाज नआउने समस्या हुनसक्छ ।नयाँ कार्यक्रम अन्तर्गत कम्पनीले यस्तो समस्या निःशुल्क समाधान गरिदिने भएको हो । एप्पलका अनुसार रिसिभर मोड्युलको खराबीका कारण यस्तो समस्या देखिने गरेको हो ।
एप्पलको पेजमा बताइएको छ कि ‘एकदमै थोरै प्रतिशत’ उपकरण यो समस्याबाट प्रभावित भएका हुनसक्छन् । यदि तपाईंको आईफोनको ‘इयरपिस’ अर्थात फोनको आवाज सुन्ने ठाउँमा समस्या छ भने त्यसलाई समाधान गर्ने यो एउटा राम्रो अवसर हुन सक्छ ।
त्यसो त आईफोन १२ का सबै फोनको एक वर्षे वारेन्टी अवधि अझै घर्किसकेको छैन । तर एप्पलको यो नयाँ कार्यक्रमले थप अतिरिक्त एक वर्ष सहित आईफोन खरिद गरेको दुई वर्षसम्मको समस्यालाई समेट्नेछ ।
एउटा अर्को कुरा पनि छ, यदि तपाईंले यस्तो समस्या भोगिरहनु भएको छ र आफ्नो आईफोन सर्भिसिङका लागि पठाउँदै हुनुहुन्छ भने स्क्रिन क्य्राक भएको खन्डमा रिसिभर मर्मत गर्नु अघि नै त्यसलाई समाधान गर्नुपर्नेछ ।
त्यसैले ख्याल गर्नुहोस्, रिसिभर मर्मत निःशुल्क भए पनि स्क्रिनमा पुगेको क्षतिका लागि भने तपाईंले पैसा तिर्नुपर्ने हुनसक्छ । एप्पलले यो पनि भनेको छ कि यो कार्यक्रमका लागि योग्य हुनका लागि त्यस्तो फोनमा ‘कुनै पनि सर्भिस गर्नुअघि परीक्षण गरिनेछ’ ।
सम्भवतः यसको अर्थ यदि तपाईंको आईफोनको रिसिभर दुर्घटनावश बिग्रिएको वा तातो तरल पदार्थ पसेको छ भने तपाईंले निःशुल्क मर्मत सम्भारको सुविधा पाउनु हुनेछैन ।
News Desk 0 response आइतवार, भदौ १३, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





