• कोरोना भाइरसको डेल्टा भेरियन्ट अरु भन्दा कडा र घातक रहेको एक नयाँ अध्ययनले देखाएको छ । द लान्सेट जर्नलमा प्रकाशित नयाँ प्रतिवेदनले अल्फा भन्दा डेल्टा भेरियन्ट घातक रहेको देखाएको हो । बेलायतमा उपलब्ध तथ्यांकलाई लिएर गरिएको अध्ययनले डेल्टा भेरियन्ट बढी संक्रामकसँगै गम्भीर बिरामी बनाउने देखिएको हो ।

    अध्ययनले डेल्टा भेरियन्टबाट संक्रमित भएकाहरु अस्पतालमा भर्ना गर्नु पर्ने गरि बिरामी पर्ने सम्भावना दोब्बर देखाएको छ । पब्लिक हेल्थ इंग्ल्याण्ड र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा ४३ हजार ३ सय ३८ कोरोना संक्रमतिमा गरिएको अध्ययनले यस्तो देखाएको हो । अध्ययनमा सहभागी अधिकांश व्यक्ति कोरोना विरुद्ध खोप नलगाउनेहरु रहेका थिए ।

    विज्ञहरुले खोप लगाएमा जोखिम निकै कम हुने बताएका छन् । उच्च तहको सुरक्षाका लागि खोपको पूर्ण मात्रा लगाउनु पर्ने उनीहरुको भनाइ छ । अध्ययनमा सग्लन बैज्ञानिकहरुले यसले पूर्ण रुपमा खोप किन लगाउनु पर्छ भन्ने कुरा थप स्पष्ट पारेको बताएका छन । अहिले विश्वका अधिकांश क्षेत्रमा डेल्टा भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिएको छ ।

4565