-
अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट ‘आईएस’लाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा आइएस लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको हो । अमेरिकी सञ्चारमाध्यमले आक्रमणमा काबुल विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकार मारिएको दाबी गरेका छन । मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १ सय ७० भन्दा बढीको ज्यान जाने गरि भएको आक्रमणका योजनाकार रहेको बताइएको छ ।
नानगहार प्रान्तमा भएको सो आक्रमणमा आइएस–के समूहका योजनाकारलाई निशाना बनाइएको हो । आक्रमणमा अन्य नागरिकलाई भने केही नभएको बताइएको छ । आक्रमणबारे थप विवरण सार्वजनिक गरिएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनको आदेशमा आइएस–के समूहका योजनाकारलाई लक्षित गरि ड्रोन आक्रमण भएको हो । यसअघि बाइडेनले विस्फोट गराउनेलाई खोजीखोजी मार्ने चेतावनी दिएका थिए । काबुल विमानस्थलको गेटमा बिहीबार भएको आत्मघाती बम आक्रमणको जिम्मा आइएसके समूहले लिएको थियो ।
यसैबीच अफगानिस्तानको काबुल विमानस्थलमा फेरि अर्को आतंककारी हमला हुनसक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई विमानस्थलबाट तुरुन्त हट्न निर्देशन दिएको छ । अमेरिकी दूतावासका तर्फबाट जारी गरिएको अलर्टमा विमानस्थलको अब्बे गेट, पूर्वी गेट र उत्तरी गेटबारे उल्लेख गरिएको छ । काबुल विमानस्थलमा सुरक्षाको हर सम्भव व्यवस्था मिलाउन लागिएको पनि ह्वाइट हाउसले जनाएको छ ।
News Desk 0 response शनिबार, भदौ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३