-
अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ ।
अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिएको बताइएको छ । विमानस्थलमा एशियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुनसक्ने अनुमान गरिएको छ ।
पेन्टागनका प्रवक्ता जोन कर्बीले भन्नुभयो, “काबुल विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ । यतिबेला बिष्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन । थप विवरण प्राप्त हुँदासाथ दिइनेछ ।”
आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन् ।
अमेरिकी सेनाले छिट्टै विमानस्थल छोड्ने अफबाह फैलिएपछि यसअघि कर्बीले एक ट्वीटमार्फत् सम्प्रेषित सन्देशमा ‘काबुलमा उद्धार कार्य ३६ घण्टामा पूरा नहुने र मिशनको अन्त्य नभएसम्म हामी सकेसम्म धेरै मानिसहरूलाई उद्धार गरिरहनेछौं’ भन्नुभएको थियो ।रासस
News Desk 0 response बिहिबार, भदौ १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३