-
अफगानिस्तानका करिब एक करोड बालबालिका मानवीय सहायताको गम्भीर पर्खाइमा रहेको बालबालिका सम्बन्धी राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ । विश्व खाद्य कार्यक्रमले अफगानिस्तानमा मानवीय संकट व्यवस्थापनका लागि २० करोड अमेरिकी डलर आवस्यक पर्ने बताए युनिसेफको यो तथ्यांक सार्वजनिक भएको हो ।
युनिसेफले अफगानिस्तानका बालबालिका पहिलेदेखि नै विदेशी सहयोगबाटै जीवन बचाउन बाध्य हुँदै आएको अवस्थामा पछिल्लो राजनीतिक परिवर्तनले यो संकटलाई थप बढाएको जनाएको छ । यस कारण पनि अफगानी बालबालिका गम्भीर कूपोषणको सिकार हुने सम्भावना प्रचुर रहेको निश्कर्ष युनिसेफले निकालेको छ ।
यसैबीच राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्लेले अफगानिस्तानको करिब एक करोड ४० लाख जनसंख्या चरम स्तरको खाद्य संकटमा रहँदै आएको बताएको छ । जुन अफगानिस्तानको कुल जनसंख्याको एक–तीहाई हो । अफगानिस्तानको पछिल्लो खाद्यसम्बन्धी संकटको कारणमा विश्व खाद्य कार्यक्रमले मुलुकका विभिन्न ठाउँमा देखापरेको खडेरी, राजनीतिक द्वन्द, आर्थिक श्रोतको दुरुपयोग र कोरोना भाइरसको महामारी प्रमुख रहेको दावी गरेको छ ।
News Desk 0 response बुधबार, भदौ ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३