-
नेकपा एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा ५५ जना केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका छन् । दल दर्ताका लागि ५६ जना केन्द्रीय सदस्यको नामावली आयोगमा पठाइएको थियो । उनीहरुमध्ये भाष्कर काफ्ले सनाखत गर्न आयोगमा उपस्थित भएनन् ।
भारतमा उपचाररत रहेका नेता झलनाथ खनालको पनि आयोगले सनाखत गरेको छ । उनले दूतावासमार्फत पठाएको पत्रका आधारमा सनाखत गरिएको हो । माधव नेपाल अध्यक्ष रहेको प्रस्तावित पार्टीको पक्षमा हस्ताक्षर गर्न संघीय संसद्को दुवै सदनका गरी ३४ जना सांसद निर्वाचन आयोग पुगे पनि ४ जनाको हस्ताक्षर सनाखत गर्न आयोगले अस्वीकार गरेको छ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता बिरोध खतिवडाले आफ्नो पार्टी गठन गर्न बिभिन्न अवरोध सिर्जना गर्न खोजिएको आरोप लगाए ।
नयाँ दलले मान्यता पाउनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुग्नु पर्ने कानूनी व्यवस्था छ । एमालेका २ सय ३ केन्द्रीय सदस्य मध्ये ५४ जनाले हस्ताक्षर गरेका कारण माधव नेपालको पार्टीले मान्यता पाउने देखिएको छ । नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टी दर्ता नगर्न दवाव आएको आरोप लगाइन् ।
प्रतिनिधि सभाका सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली तथा राष्ट्रिय सभाकी सांसद शारदादेवी भट्टले नेकपा एकिकृत समाजवादीको पक्षमा हस्ताक्षर गर्न खोजे पनि नपाएको केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीले जानकारी दिए । त्यसैगरी विक्रम शाही, रामपृत पासवान र राजन राईले पनि केन्द्रीय सदस्यको रूपमा हस्ताक्षर गर्न पाएनन् ।
News Desk 0 response बुधबार, भदौ ९, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





