-
नेपाल प्रहरीले स्रोत नखुलेको ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई दिउँसो काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले सिमराका ३२ वर्षीय पौडेलले बोकेको झोलामा ३१ लाख रकम शङ्कास्पदरूपमा फेला पारेपछि पक्राउ गरेर सोधपुछ गर्दा थप ५४ लाख ५६ हजारसहित अग्रवाल र खड्कालाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ पौडेललाई सोधपुछ गर्दा होलिडे ट्रेडिङ प्रालिका सञ्चालकसमेत रहेका अग्रवालले दिएको खुलेपछि प्रहरीले अग्रवाल र उनका कामदार खड्कालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई समानान्तर बैंकिङ कारोबार हुण्डी कारोबार गरेको हुनसक्ने भएकाले थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताए ।रासस
News Desk 0 response मङ्लबार, भदौ ८, २०७८
सम्बन्धित शीर्षकहरु
कर्पाेरेट क्रिकेट प्रतियोगितामा हिमालयन बैंकले उपाधि जित्न सफल
सोमवार, अशोज २२, २०८०कैलालीको अत्तरियामा तनाव
शनिबार, चैत्र १९, २०७८सावधान : बजारमा फर्मालिन प्रयोग भएका माछा
शनिबार, चैत्र १९, २०७८तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो
शनिबार, चैत्र १९, २०७८-
कर्पाेरेट क्रिकेट प्रतियोगितामा हिमालयन बैंकले उपाधि जित्न सफल
सोमवार, अशोज २२, २०८० -
कैलालीको अत्तरियामा तनाव
शनिबार, चैत्र १९, २०७८ -
सावधान : बजारमा फर्मालिन प्रयोग भएका माछा
शनिबार, चैत्र १९, २०७८ -
तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो
शनिबार, चैत्र १९, २०७८ -
नेपाल र भारतका प्रधामन्त्रीद्वारा रेल सेवाको उद्घाटनसँगै रेल आइपुग्यो जनकपुर
शनिबार, चैत्र १९, २०७८
-
सीमा सुरक्षामा मोदीको चासो
शनिबार, चैत्र १९, २०७८ -
नेपाल र भारतबीचको सीमा विवादको बिषयलाई राजनीतिकरण गर्न नहुने भारतको प्रतिक्रिया
शनिबार, चैत्र १९, २०७८ -
जनकपुर जयनगर रेल सेवा पूर्णरुपमा सुचारु भएसंगै जनप्रतिनिधि र स्थानीयवासी खुशी
शनिबार, चैत्र १९, २०७८ -
महाकाली सन्धिको अढाइ दशकपछि पञ्चेश्वरलाई गति दिन नेपाल र भारत सहमत
शनिबार, चैत्र १९, २०७८